गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा मर्सिसाइड क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो ।
उक्त खेलको ४३औं मिनेटमा एस्टन भिल्लाका ओले वाट्किन्सले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५७औं मिनेटमा मोहम्मद सलाहले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।
त्यसपछि खेलको अन्तिमा समयमा लिभरपुलका ट्रेन्ट एलेक्सान्डर अर्नोल्डले गोल गरी टिमलाई जित दिलाए । जितसँगै लिभरपुल ३१ खेलमा ५२ अंकसहित पाँचौ स्थानमा र भिल्ला ४४ अंकसहित १०औं स्थानमा रहेको छ ।