१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ३०, २०७७

काठमाडौं – नेपालमा दैनिक ६ बलात्कार घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यायको पछिल्लो ४४ महिनाको तथ्याङ्क अनुसार दैनिक ६ बलात्कारका घटना हुने गरेका छन् ।

पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सात हजार ५१० बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन् । जुन दैनिक औसतमा ५ दशमलव ६८ प्रतिशत हो ।आर्थिक वर्ष ०७४/०७५ मा एक हजार ४८० बलात्कारका मुद्दा दर्ता भए । आर्थिक वर्ष ०७५/०७६ मा दुई हजार २३३ बलात्कारका मुद्दा दर्ता भए । ०७६/०७७ मा दुई हजार १४४ मुद्दा दर्ता हुँदा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६५३ बलात्कारका मुद्दा दर्ता भएका छन् ।चालु आर्थिक वर्षको आठ महिनामा बलात्कारका एक हजार ६५३ मुद्दा दर्ता भएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको (१४२९) तुलनामा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षमा प्रत्येक दिन सातजना बलात्कृत हुने गरेको देखिएको छ । पुस मसान्तसम्म क्रमशः घट्दो क्रममा रहेको र पुनः माघदेखी फागुनमा बलात्कारका घटनामा वृद्धि भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।प्रहरी प्रधान कार्यालयका अनुसार बलात्कारका घटनाहरू प्राय नजिककै चिनजानका व्यक्तिहरूबाट भएको देखिन्छ । चालु आर्थिक वर्षमा भएका एक हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिबादीहरू मध्ये ११ दशमलव २१ प्रतिशत (२०८ जना) प्रतिबादीहरू हाडनाता सम्बन्धका रहेको देखिएको छ । समग्रमा ८१ दमशलव ५६ प्रतिशत (१५१३ जना) प्रतिबादीहरू हाडनाता सम्बन्ध तथा नजिक चिनजानको व्यक्तिहरू रहेको प्रहरी अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष ०७६/७७ को फागुन मसान्तसम्म जवरजस्ती करणी उद्योगका चार सय ६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधीसम्म ५०० वटा जवरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]