०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

इंडिया नियुज नेटवर्क – उनले संयुक्त राष्ट्रसंघीय शान्ति अभियान सहभागिताको आधारमा चलाउनु पर्नेमा पनि जोड दिएका छन ।

भारतीय सेना प्रमुख जनरल एमएम नारावानेले आइतबार आफ्ना शान्ति सेनाका लागि बजेट बढाउन संयुक्त राष्ट्र संघ (यूएन) लाई आह्वान गर्नुभयो र उदाउँदो चुनौतिलाई ध्यानमा राखी निलो हेलमेट मिसनलाई उचित रसद र सुधारिएको प्राविधिक सहयोगको आवश्यकतामा जोड दिए। डब्लुआइओएनको रिपोर्टमा‌ भनिएको छ।

पांच दिवसीय आधिकारिक भ्रमणको क्रममा ढाका पुगेका जनरल नारावनेले सेना प्रमुखहरु को भेलामा ‘वैश्विक द्वन्दको बदल्दो प्रकृति: संयुक्त संघ शान्ति सेनाको भूमिका’ सम्बन्धी एक मुख्य भाषण दिए। भारतीय सेना को अतिरिक्त सार्वजनिक सूचना महानिदेशक (एडीजी पीआई) ले ट्वीट गर्दै भन्नुभयो ।

जनरल नारावानेले बंगलादेश रक्षा मन्त्रालयको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) को निर्देशनमा संयुक्त राष्ट्रस संघीय शान्ति अभियानका लागि बजेटको वृद्धि मा जोड दिएका थिए। प्रतिवेदनमा उल्लेख गरिएको छ।

भारतीय सेना प्रमुखले संयुक्त राष्ट्रसंघीय ब्लू हेलमेट मिसनहरूको उदाउँदो चुनौतीहरूलाई औंल्याउँदै उनीहरू का लागि उचित रसद र सुधारिएको टेक्नोलॉजिकल सहयोग प्रदान गर्न पनि जोड दिएका छन। उनले भने, संयुक्त राष्ट्रसंघीय शान्ति अभियानहरू सहभागितामूलक आधारमा चलाउनुपर्नेछ।

एडीजी पीआईको ट्वीटमा भनिएको छ कि भारतीय सेना प्रमुखले सहभागी राष्ट्रका वरिष्ठ अधिकारीहरू र अन्य राष्ट्रका सैन्य पर्यवेक्षकहरूसँग पनि कुराकानी गरे।

बंगलादेशका विदेश मन्त्री ए के अब्दुल मोमेन यस समारोहमा मुख्य अतिथि थिए।
उक्त प्रतिवेदनका अनुसार मोमेनले उक्त सम्मेलनलाई भनेका छन कि पछिल्ला अवधिमा शान्ति स्थापनाका प्रकृतिहरू स्केल र स्कोपमा दुबैमा रूपान्तरण हुँदै “शान्ति सुरक्षा अभियानहरु आज ट्रुस सुपरिवेक्षण अपरेसन भन्दा पनि बढि छन्।”

परिवर्तित अवस्थाले मिसनको जिम्मेवारीलाई अझ विस्तार गरी “शान्तिका अन्य आयामहरूलाई जस्तै कानूनको शासन स्थापना, मानवअधिकारको संरक्षण, महिला र बालबालिकाको संरक्षण, राजनीतिक प्रक्रियामा सहयोग, चुनावको व्यवस्थापन, पुन: एकीकरण र सामाजिक-आर्थिक विकासलाई ध्यानमा राख्दै” बंगलादेशका विदेशमन्त्रीलाई उक्त प्रतिवेदनले उद्धृत गर्दै भनेको छ।

सेनाको बहुउद्देश्यीय परिसर शांतिर ओग्रोसेना २०२१ मा बंगलादेशमा भएको सेना प्रमुखहरूको सम्मेलनमा जनरल एमएम नारावाने उपस्थित थिए, अर्को एडीजी पीआईले ट्वीटरमा भनिएको छ।

बंगलादेश सेनाले यस सम्मेलनको आयोजना देशको ‘राष्ट्रपिता’ बंगबंधु शेख मुजीबुर रहमानको जन्म शताब्दीको उत्सव र देशको १९७१ को स्वतन्त्रताको सुवर्ण महोत्सवसँग संयोग मिलाउँदै गर्‍यो।

मालीका लेफ्टिनेन्ट जनरल डेनिस गिलनस्पोरमा युएन बहुआयामी एकीकृत स्थिरीकरण मिशनका फोर्स कमाण्डर, मध्य अफ्रिकी क्षेत्रमा युएन बहुआयामी एकीकृत स्थिरीकरण मिशनका फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल सिडकी डेनियल ट्रावर र भुटान सेनाका अपर प्रमुख चीफ ब्रिगेडियर जनरल डार्जी रिन्चेन लगायत अन्यले सम्मेलनमा भाग लिए।

सोमबार सम्पन्न हुने अभ्यासमा रोयल भुटान सेना, श्रीलंकाली सेना र बंगलादेश सेनाका साथ ३० जना भारतीय सेनाको टोलीले भाग लिइरहेका छन्।

अमेरिका, बेलायत, टर्की, साउदी अरेबिया, कुवेत र सिंगापुरका सैनिक पर्यवेक्षकहरू पनि यस अभ्यासमा भाग लिइरहेका छन्।

जनरल नारावनेको यात्रा जो आफ्नो बांग्लादेशी समकक्ष जनरल अजीज अहमद को निमंत्रणमा यहां आउनु भएको हो, प्रधानमंत्री नरेंद्र मोदी को छिमेकी देशसँग को रणनीतिक संबंधलाई मजबूत गर्नको लागि शीर्ष नेतृत्व सँग भेटघाट गरेका दुइ हप्ता भन्दा पनि‌ कम समयमा भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]