०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

काठमाडौं – नेपाल भित्रियो पावरफुल बाइक, जसको मूल्य २५ लाख १५ हजार रहेको छ ।

नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।बेनेली ७५२ एसमा ७५० सीसी लिक्विडकुल्ड, ट्विन सिलिन्डर इन्जिन रहेको छ, जसले ८५०० आरपीएमा ७६ एचपी पावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स जडान गरिएको छ । सामान्य ह्याचब्याक कार भन्दा यो बाइकको क्षमता धेरै छ ।

यसको फ्रन्टमा अपसाइड डाउन फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन रहेको छ । त्यसैगरी यसको फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा डबल पिस्टन फ्लोटिङ क्यालिपर सहित २६० एमएमको ब्रेक रहेको छ । बाइकमा यसमा १७ इन्चको आल्मुनियम अलोय रिम र १७ इन्चको टायर छ । यसमा १४ लिटर क्षमताको इन्धन ट्यांकी छ ।बाइकमा भएको टीएफटी डिस्प्लेमा अटोमेटिक रुपमा डे र नाइट मोड चेन्ज हुन्छ । यी वाहेक एलईडी हेडल्याम्प र एबीएस जस्ता फिचर पनि यसमा रहेका छन् । सुरक्षाका लागि बाइकमा ब्रेम्बो ब्रेकिङ सिस्टम छ ।

यो बाइक ह्वाइट, रेड, ब्ल्याक र ग्रिन गरी चार कलरमा उपलब्ध हुनेछ । यसको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । नेपाल अट्टाे

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]