भारतमा बितेको २४ घण्टामा १ लाख ६१ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतको स्वास्थ्य मन्त्रालययका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १२ लाख ६४ हजार ७ सय पुगेको छ।चौबिस घण्टामा कोरोना संक्रमणका कारण भारतभर ८७९ जनाको मृत्यु भएको छ।भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ। जसमध्ये १ करोड २२ लाख ५३ हजार भन्दा धेरै निको भएका छन्।
मृत्यु हुनेको कुल संख्या १ लाख ७१ हजार भन्दा धेरै पुगेको छ।