१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

चितवन – चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।

निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए ।

जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]