०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०२, २०७८

सिरहा – पुर्व पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका – १२ भोटिया टोल चौकबाट डेढ किलोमिटर दक्षिणमा अबस्थित सलहेश फुलबारीमा आज विहानैदेखि पूजा अराधना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भीड लागेको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण फेरी फैलिन थालेकाले मेला नलगाउन अनुरोध गरेपनि सिरहाको प्रत्येक नयाँ वर्षको दिन लाग्ने धार्मिक तथा पर्यटकिय मेला भिडभाडका साथ लागेको छ ।लहान नपा २२ मा १२ विघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारीभित्र रहेको राजा सलहेश र मालिनीको मन्दिरमा पूजा अराधना गर्ने मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा प्रत्येक वर्ष नयाँ वर्षमा मात्र फुल्ने फुलको अवलोकन गर्न आउने भक्तजनको भीड यो वर्ष पनि देखिएको छ ।

तराईका दुसाद जातिका इष्टदेव मानिने सलहेशको पूजा अराधना गर्नाले मनोकांक्षा, आरोग्यता, सन्तान प्राप्ति र सलहेशको मन्दिरमा भाण्टा चढाउनाले चर्मरोग निको हुने जनविश्वासका कारण देश विदेशबाट हजारौंको संख्यामा भक्तजनहरुको ओइरो लागेको हो ।कथा १४ औं शताब्दीका राजा सलहेश र उनका प्रेमिका मालिनीहरु रेशमा , कुशमा र दौना बिचको सम्बन्धसँग जोडिएको छ।त्यसबेला सिरहा सदरमुकामलाई माईसोथागड भनिन्थ्यो त्यहीँको राजा थियोे सलहेश।

राजा सलहेश मालिनी दहमा स्नान गर्थे , फुलबारीमा फुल टिप्थे , सिल्टह खण्डमा कुस्ती खेल्थे , सलहेश गडमा गएर पुजापाठ गर्थे । राजा सलहेश र उनका प्रेमिकासँग सम्बन्ध जोडिएको राजा सलहेश कै लागि वैशाख १ गतेमा माला आकारको मालिनी देखा परेको जन विश्वास रहेको छ।

सुनगाभा चाँदीगाभाको अर्को नाम डेन्डेवियम एफायल्म हो । वनस्पति विभागले यस फुलेको बारेमा अध्ययन गरेर सन २०१६ मा प्रकाशित पुस्तकमा सलहेश फुलबारीका हरेक बोटबिरुवा बारे चर्चा गरिएको छ। यस फुलका विभिन्न मान्यता र जनविश्वास रही आएको हो ।

यहाँ भाकल पूरा भएपछि बोका बलि दिने प्रम्परा पनि रहेको छ। मेला हेर्न आएका श्रद्धालुहरु सलहेशको पुजा गर्नुका साथै सन्तान प्राप्ति , सुस्वास्थ्यको कामना साथै भाकल गर्ने गर्छ।प्रत्येक नयाँ वर्षको दिन मात्र फुल्ने सुनाखरी जातको फुलको अवलोकन र मेला घुुुम्न सिरहा,सप्तरी, धनुषा,महोत्तरी,सुनसरी लगायत भारतको विहारबाट हजारौंको संख्यामा सर्वसाधारण आउने गर्दछ । गत वर्ष पनि कोरोनाका कारण नलागेको मेला यो वर्ष पनि विगतको तुलनामा कम लागेको स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]