भारतमा एकैदिन २ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा पछिल्लो एकसातायता दैनिक १ लाख भन्दा बढीमा संक्रमण देखिँदै आएको थियो। पछिल्लो २४ घण्टामा भने थप २ लाख ७३९ कोभिड १९ संक्रमित देखिएका हुन्।
यससँगै भारतमा १ करोड ४० लाख ७४ हजार ५६४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।संक्रमणको दरसँगै भारतमा मृत्यु दर पनि बढ्दो छ। पछिल्लो २४ घण्टामा १ हजार ३८ जनाको मृत्यु भएको छ। बुधवारपनि १ हजारभन्दा बढीको मृत्यु भएको थियो।
हालसम्म भारतमा १ लाख ७३ हजार १२३ जनाको संक्रमणका कारण मृत्यु भएको छ।बिहीबार बिहानसम्म ९३ हजार ५२८ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७१ हजार ८७७ पुगेको छ।