अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गरेका हुन् । बुधबार ह्वाइट हाउसको एक समारोहमा बोल्दै बाइडेनले आगमी सेप्टेम्बर ११ बाट यसको सुरुवात गर्ने घोषणा गरेका हुन् ।
सेप्टेम्बर ११ मा अफगानिस्तानबाट २५ सय अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा बाइडेनले गरेका छन् ।
सन २००१ को सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकामा आक्रमण गरेपछि तालीवानविरुद्ध लड्न भन्दै अमेरिकले आफ्ना सेना अफगानिस्तान पठाएको थियो । अहिले अफगानिस्तान करिब ७ हजार अमेरिकी सेना छन् ।