काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले राजनीतिमा बिधि नमान्नेलाई कर्णाली प्रदेशको राजनीति एक सबक भएको बताए ।
कर्णाली प्रदेशको राजनीति सन्दर्भमा सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेता शर्माले राजनीतिमा बिधि नमान्नेलाई एक सबक मात्र होइन्, राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन भएको भन्दै ट्वीट गरेका छन् ।