१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

वासिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सामाजिक सञ्जाल फेसबुकमा लगाइएको प्रतिबन्ध फुकुवाबारेको निर्णय अर्को साताका लागि सारिएको छ ।

यसअघि अप्रिल २१ मा प्रतिबन्ध कायम रहने-नरहने बारेमा निर्णय सुनाउने बताइए पनि फेसबुकको ‘ओभरसाइट बोर्ड’ ले बिहीबार ‘आगामी साता’ मात्रै निर्णय सुनाउने जनाएको हो ।ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा गत जनवरीमा प्रतिबन्ध लगाइएको थियो । अमेरिकी संसद् भवन ‘क्यापिटल हिल’ मा आक्रमण गर्न प्रदर्शनकारीलाई उक्साएको भन्दै उनीमाथि फेसबुकले अनिश्चितकालका लागि प्रतिबन्धको घोषणा गरेको थियो । गत महिना मात्रै फेसबुकले ट्रम्पको आवाज रहेको कुनै पनि सामग्रीसमेत आफ्ना प्ल्याटफर्ममा राख्न निषेध गरेको थियो । बुहारी लौरा ट्रम्पले डोनाल्ड ट्रम्पसँग लिएको अन्तर्वाताको लिंक फेसबुकमा राखेपछि फेसबुकले उनको आवाज रहेका कुनै पनि सामग्री आफ्ना प्ल्याटफर्ममा नराख्न सचेत गराउँदै हटाइदिएको थियो ।

बोर्डले ट्रम्पलाई लगाइएको प्रतिबन्ध सम्बन्धमा ९ हजारभन्दा बढी टिप्पणी प्राप्त भएको र ती सबै प्रतिक्रियाको अध्ययनमा समय लागेकोले ढिलाइ भएको जनाएको छ । उसले त्यस दिनसम्म यसबारे आफ्नो थप प्रतिक्रिया दिन सकिने समेत जनाएको छ ।फेसबुकका मालिक मार्क जुकरबर्गले स्थापना गरेको २० सदस्यीय बोर्डलाई ‘फेसबुकको सर्वोच्चको अदालत’ समेत भनिन्छ । तर ट्रम्पमाथिको प्रतिबन्धसम्बन्धी निर्णय लिन बोर्डलाई निकै चुनौती देखिएको छ । बोर्डले यसबारेमा पत्रकार, मानवअधिकारकर्मी, वकिल तथा प्राध्यापकहरुको समेत सुझाव लिएको छ ।क्यापिटल हिल आक्रमणमा ५ जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी प्रहरी घाइते भएका थिए । सो घटनापछि ट्रम्पमाथि ठूला डिजिटल प्ल्याटफर्मले प्रतिबन्धको घोषणा गरेका थिए । आफ्ना प्ल्याटफर्म प्रयोग गरी ट्रम्पले हिंसालाई बढावा दिएको र लगातार भ्रम फैलाएको उनीहरुको आरोप थियो ।

ट्रम्पमाथि युट्युबले समेत प्रतिबन्ध लगाएको छ । तर युट्युबका प्रमुख कार्यकारी सुसन ओज्सिकीले भने विश्वव्यापी हिंसामा कमी आउने बित्तिकै उनीमाथिको प्रतिबन्ध हटाउने बताएका छन् । उनलाई ट्रविटरमा समेत स्थायी प्रतिबन्ध लागको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]