सप्तरी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं विश्वाविद्यालयबीच छात्रवृत्ति उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालयद्वार सञ्चालिन कार्यक्रम पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट विषयको स्नातकोत्तर तहका लागि मन्त्रालय र विश्वविद्यालयबीच छात्रवृत्ति उपलब्ध गराउने समझादारी भएको हो।
समझदारी पत्रमा मन्त्रालयका तर्फबाट सचिव एक नारायण अर्याल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. सुवोध शर्माले हस्ताक्षर गरेका छन्। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीसमेत उपस्थित भएका थिए।