१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ। पछिल्ला दिनमा नेपालमा कोरोना भाइरस (कोभिड–१९) तीव्ररुपमा फैलिरहेको विषयमा छलफल गर्न प्रधनमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकमा कोरोना महामारी नियन्त्रणका प्रयास, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल भएको छ। मन्त्री ज्ञवालीका अनुसार खुला सीमाका कारण थप कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप सावधानी अपनाउन प्रधानमन्त्रीले राय सुझाव मागेका छन्। छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परे विद्यालय र भीडभाड हुने कार्यक्रम बन्द गर्न नेताहरुले सुझाव दिएका छन्।

मन्त्री ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाबारे असन्तुष्टि व्यक्त गरेका छन्। सभामुखले आफ्नो अधिकारभन्दा बाहिर गएर एमसीसीलाई अड्काएको भन्दै प्रधानमन्त्रीले सभामुखविरुद्ध आक्रोश व्यक्त गरेका हुन्। बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण तथा रोकथामका लागि लकडाउन गर्नु नहुने सुझाव दिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार अरु विधिलाई प्रभावकारी बनाउनुपर्ने तर लकडाउनमा जानु नहुने सुझाव प्रधानमन्त्रीलाई कांग्रेसले दिएको हो। ‘हामीले लकडाउन भन्दा पनि कोरोना रोकथामका अन्य उपायमा जानुपर्‍यो भनेर सुझाव दिएका छौँ’, बैठकपछि नेता पौडेलले भने, ‘कोरोना रोकथामका विधिमा धान दिनुपर्छ तर, लकडाउन नै गर्नु हुँदैन भनेर सुझाव दिएका छौँ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, विमलेन्द्र निधि, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायतका नेता सहभागी थिए ।बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, राजन भट्टराईलगायत सहभागी छन्।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता सहभागी भएपनि नेकपा (माओवादी केन्द्र)ले भने बहिस्कार गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी नभएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]