०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

जनकपुर – मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रूपमा चैते छठ पर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतिकको रुपमा समेत लिन गरेको पाइन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ्य दिई वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ। छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्यहरू समेत रहेको छ ।ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ ।

आज प्रदेश नम्बर २ को जनकपुरधाम सहित वीरगंज, मटिहानी, जलेश्वर, राजविराज, लहान, सिरहा, कलैया, मलंगवा सहित विभिन्न स्थलमा धुमधामका साथ चैती छठ मनाइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]