०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

काठमाडौं – पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिदै एमसीसीबारे मतदानमा जानका लागि भनेका छन् । उनले मतदानबाट एमसीसीबारे टुंगो लगाउने गरी आउन चुनौती दिएका हुन् ।

ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै एमसीसीबारे मतदानमा जान भनेका हुन् । रावलले अधिकांश नेपाली नागरिकले एमसीसी सम्झौताको विरोध गरिरहेको दाबी गर्दै एमसीसी देशमा लागू हुँदा कति नेपाली नागरिक खुशी छन् भन्ने एकिन तथ्यांक जान्न मतदानमा जान ओलीलाई चुनौति दिए ।रावलले पार्टी अध्यक्ष ओलीले आजका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भने । एमालेको नवौं महाधिवेशन मान्ने जो कोहिले ओलीले बोलाएको बैठक बहिष्कार गर्ने दावी गर्दै अवैध बैठकमा सहभागी हुन नसक्ने तर्क गरे ।

आवेशमा आएर कुनै पनि निर्णय गर्न नहुने नेता रावलले बताए । रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा आफू सधैँ बोल्ने दावी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक मर्यादा नाघेर पद जोगाउन खोजेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]