१ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित गरेको छ। सोमबार अपरान्ह बसेको बोर्ड बैठकले २०७६ सालको परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गर्ने निर्णय गरेको हो ।
यसपटक विद्यालय स्वंयमले नतिजा सार्वजनिक गर्नेछन् । चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको हो । २०७६ मा एसईईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए।
‘चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको नतिजा सार्वजनिक गरिएको छ । यसअघि जस्तो पास फेल नभई ग्रेडिङका आधारमा नतिजा प्रकाशित गर्ने चलन छ । तर डी र ई ग्रेड ल्याएका विद्यार्थीले भने फेरि पुरक परीक्षा दिएर ग्रेड बृद्धि गर्ने मौका पाउँछन् ।