१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

काठमाडौं – त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२:१५ बजे सुरु हुनेछ ।

नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हारपछि अंकविहिन छ ।

३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल राम्रो रनरेटको आधारमा शीर्ष स्थानमा छ।मलेसियालाई पराजित गरेमा नेदरल्याण्ड्स फाइनल पुग्नेछ । यस नतिजाले नपाल पनि अन्तिम लिग खेलअघि नै फाइनल पुग्नेछ।मलेसिया यसअघि नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो भने नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

मलेसिया भने सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेदरल्याण्ड्सलाई पराजित गर्न सकेन मलेसियाको पनि फाइनल पुग्ने सम्भावना सम्भावना कायम रहन्छ । तर त्यसका लागि मलेसियाले नेदरल्याण्ड्स र नेपाल दुवैला२ फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको सिरिजमा डबल राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]