०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

बागलुङ – कोरोना संक्रमण दर बढ्दै गएपछि बागलुङमा मठमन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र मठमन्दिर प्रवेशमा वैशाख महिनासम्म रोक लगाउने निर्णय गरेको हो ।

भक्तजन र आन्तरिक पर्यटकको भीड हुने कालिका मन्दिर, पञ्चकोट, राम मन्दिरलगायत स्थानमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाइएको प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए । तर कालिका मन्दिरमा चैतैदसैंका अवसरमा मंगलबार हजारौंको भीड देखियो । कालिका मन्दिर गुठीले यसपटक कोरोना संक्रमण जोखिम भन्दै चैतेदसैं मेला आयोजना गरेको थिएन तर स्वस्फूर्त रुपमा मन्दिर आउने र व्यवसाय गर्नेको घुइँचो लागेको थियो ।

मन्दिर प्रवेश गर्नुअघि गेटमा ज्वरो नाप्ने व्यवस्था गरिए पनि अन्य कुनै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरिएको थिएन । आधाजसो भक्तजन मास्कसमेत नलगाई मन्दिर पुगेका थिए । सामाजिक दूरी कायम गर्ने/गराउने कार्य निर्णयमै सीमित थियो । यस्तोमा नियामक मानिनेहरु नै बेपर्वाह मन्दिर पुगेर दर्शन गरेर फर्केका थिए । जसमा थिए- प्रजिअ कार्की र जिल्ला प्रहरी प्रमुख । उनीहरुले यसलाई नियमित पूजाअर्चना भने पनि भीड व्यवस्थापनमा स्थानीय प्रशासनले निर्णय गर्ने तर आफैं उल्लंघन गरिरहेको तथा नियन्त्रणका कुनै कदम नचालेको भन्दै आलोचनासमेत भइरहेको छ ।

यस्तै, बैठकले पार्टी प्यालेस, डान्स बार, सिनेमा हल, आमसभा, जिमहललगायत भीडभाड हुने स्थानसमेत वैशाख मसान्तसम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको प्रजिअ कार्कीले जानकारी दिए । मास्कबिना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने र होटल तथा रेष्टुराँ बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै, प्रशासनले बलेवामा कोरोना जोखिम बढेको जनाउँदै बागलुङ नगरपालिका-१२, १३ र १४ मा वैशाख १७ सम्म निषेधाज्ञा लगाउने निर्णयसमेत गरेको छ । बागलुङ-१४ को जनताधन माध्यमिक विद्यालयका १९ विद्यार्थी र दुई शिक्षकसहित सोही वडाका अन्य १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]