०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

काठमाडौं – नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

कतार, मेलेसिया, दुबईलगायतका खाडी मुलुक र भारत जान तयार भएका ती यात्रुलाई विमानबाट ओरालिएको हो । काठमाडौंको सुरिया ल्याबबाट पीसीआर गराएका ११२ जना यात्रुलाई फिर्ता गरिएको विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले नेपाल प्रेसलाई बताए ।

पौडेलका अनुसार ल्याबमा छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेपछि ती यात्रुलाई विमानबाट ओरालिएको हो । ९ हजार लिएर नक्कली पीसीआर रिपोर्ट बाँडिरहेको सूचनापछि मंगलबार प्रहरीले सुरिया ल्याबले छापा मारेको थियो ।

नक्कली रिपोर्ट तयार गरेको भेटिएपछि ल्याबका ६ जना कर्मचारीसमेत पक्राउ परेका छन् ।शंकास्पद पीसीआर रिपोर्ट बोकेर यात्रा गर्ने बढेपछि विमानस्थलमा निगरानी बढाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]