नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आजबाट लागु हुनेगरी एक साताका लागि लकडाउन गरीएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।बाँकेका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेडसमेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनु भएको छ । पछिल्लो समय नेपालगञ्ज कोरोनाको हटस्पट बनेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गत वर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।