काठमाडौं – लेनदेन मुद्दामा कसुर ठहरपछि फरार रहेकी दाङकी धनमाया बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उप–महानगरपालिका–१४ बस्दै आएकी ३१ वर्षीया धन मायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।जिल्ला अदालत दाङले ०७६ कार्तिक ६ मा लेनदेन मुद्दामा कसुर ठहर गर्दै उनलाई २ बर्ष कैद हुने फैसला गरेको थियो । घोराही उप–महानगरपालिकास्थित मिलनचोक बस्ने धन मायालाई घरबाट पक्राउ गरेर अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत दाङको आदेशले उनलाई कारागार चलान गरिएको छ ।