भारतको मुम्बईस्थित विरारमा रहेको विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । कोभिड अस्पतालको आईसीयू वार्डमा आगो लागेको हो ।
आगो लाग्दा आईसीयू वार्डमा १७ जना थिए । शर्ट सर्किट भएकाले आगो लागेको बताइएको छ । तर पूर्ण अनुसन्धानपछि मात्र सही कारण पत्ता लाग्ने भनिएको छ ।
घटना भएलगत्तै दमकल र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । अन्य रोगीहरूलाई अर्को अस्पताल लगिएको छ । एक महिनाभित्र मुम्बईमा आगलागीको यो तेस्रो घटना हो ।