१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता आउन तीन महिनाभन्दा कम समय छ । ओलम्पिक आयोजना हुने सहर टोकियोमा कोरोना भाइरस महामारीका रूपमा फैलिरहेको छ ।

यसबीच पनि टोकियोमा ओलम्पिक हुने आयोजक पक्षको दाबी छ । सोचेजस्तो ओलम्पिक खेलकुद आयोजना गर्न त्यति सहज छैन । एसियाली देशमध्ये जापानमा पनि संक्रमित बढ्दो छ । जापानमा शुक्रबार २४ घन्टाभित्र पाँच हजार चार सय ६५ जना संक्रमित भएका छन् । शुक्रबार मात्र जापानमा ३६ संक्रमितको निधन भएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दश हजार व्यक्तिको निधन भएको छ । जनसंख्याको हिसाबमा एक प्रतिशत जापानीले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । जापानमा कोरोना फैलिनुको अर्को प्रमुख कारणका रूपमा खोप अनिवार्य नगरिनु हो । यद्यपि ओलम्पिक आयोजना निर्धारित समयमै गराउन र टोकियो सहरलाई सुरक्षित बनाउन यहाँ संकटकाल लगाउने तयारी भइरहेको एजेन्सीहरूले जनाएका छन् । संकटकाल जारी गर्नुको एक मात्र उद्देश्य भनेको टोकियो ओलम्पिकअगाडि नै संक्रमित दर रोक्नु हो ।

टोकियोपछि दोस्रो ठूलो सहरका रूपमा चिनिने ओसाकामा संकटकाल लागू भइसकेको छ । ओसाकामा अस्वाभाविक रूपमा नयाँ संक्रमित संख्या बढेपछि संकटकाल जारी गर्नुपरेको हो । अर्कोतिर जापान सरकारलाई सबैभन्दा ठूलो टाउको दुखाइ नै ११ मेदेखि एक सातासम्म हो । यो एक साता जापानका सबै सरकारी कार्यलय बन्द नै रहनेछन् । यो सातालाई जापानीले गोल्डेन विकका रूपमा मनाउने गर्छन् । एक साताको छुट्टी लिएर जापानी घुमफिर गर्न निस्किन्छन् । यही गोल्डेन एक सातामै संक्रमित संख्या बढ्न सक्ने अनुमान छ । त्यसैलाई आधार मानेर जापानले ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्न कठिन हुने अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी)का अध्यक्ष थोमस बाचले बताएका छन् । गत महिना आइओसीका अध्यक्ष बचले हिरोसिमाको भ्रमण गरेका थिए ।

उनले त्यहाँ बस्दाको स्मरण गर्दै जापानले कोरोना नियन्त्रण गर्न कठिन भएको स्पष्ट पारेका हुन् । बचले यस साता पनि जापानको अवस्था हेर्न भ्रमण गर्ने बताएका छन् । ‘यो साता जापानमा हुनेछु, त्यहाँ कोरोनाविरुद्धको अभियान तथा ओलम्पिकको तयारीसम्बन्धी निरीक्षण गर्नेछु,’ आइओसीका अध्यक्ष बचले भने, ‘आयोजकले ओलम्पिक सुरक्षित रूपमै हुने विश्वास हामीलाई दिलाइरहेको छ ।’ जापान आफैँले नै स्वास्थ्यसम्बन्धी गम्भीर भएर लाग्नुपर्ने बचले सुझाब दिएका छन् । बचको टिप्पणी नकार्दै डेमोक्रेसी पार्टीका प्रमुख युचिरोले जापानले स्वास्थ्यजस्तो प्रमुख पक्षलाई प्राथमिकतामा राखेको बताएका छन् । उनी आइसिसीका अध्यक्ष युचिरोसँग सहमत छैनन् । उनले जापानले टोकियो ओलम्पिक सफलतापूर्वक आयोजना गर्न तत्कालै संकटकाल लागू गर्नुपर्ने पक्षमा जोड दिएका छन् ।

‘यो अवस्थामा एक मात्र विकल्प भनेको संकटकाल नै हो, यसमा सरकारले पनि गम्भीरतापूर्वक हुर्नुपर्छ,’ बचले भने । टोकियोमा संकटकाल जारी भए पनि ओलम्पिक प्रतियोगिता आयोजना गर्न सकिने युचिरोले आफ्नो मत राखेका छन् । ‘संकटकाल र ओलम्पिक फरक विषय हो, देशमा संकटकाल जारी भए पनि हामी दर्शकविना नै ओलम्पिक गर्न तयार छौँ,’ उनले भने, ‘एक साताको गोल्डेन डे कसैले पनि मिस गर्न चाहेका छैनन् ।’हुन त जापानले कोरोनाको दोस्रो लहरको महामारी रोक्न तेस्रोपटक विभिन्न सहरमा संकटकाल जारी गरेको छ । संकटकालको समयमा बार, डिपार्टमेन्ट स्टोर, मल, थिएटर, पार्क तथा संग्रहालय पूर्ण रूपले बन्द छन् । यद्यपि केही समय खुला हुने रेस्टुरेन्टमा अल्कोहल अर्डर पूर्ण रूपमै बन्देज छ । सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायात पनि छिट्टै बन्द गर्न भनी आदेश जारी छ । तर स्कुल भने खुला नै छन् ।

‘आशा गरौँ, यो निकै जटिल अवस्थाबाट हामी माथि उठनेछौँ,’ टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताको आयोजक प्रमुख सेइको हासिमोले भनिन्, ‘हाम्रो प्रयास नै गत वर्ष रोकिएको ओलम्पिक यस वर्ष गर्ने हो ।’ हासिमो ओलम्पिक रद्द गर्नुपर्ने कारण नै नभएको मान्छिन् । ओलम्पिक आउन तीन महिना बाँकी रहँदा टोकियो तथा अन्य सहरको अवस्था राम्रो हुन सक्ने उनको विश्वास छ ।‘एक आयोजक कमिटीकै सदस्यका नाताले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने कुनै कारण नै देख्दिनँ, हामीसँग अझै पनि कोरोना रोकथाम गर्न तीन महिना समय छ,’ उनी भन्छिन्, ‘यस कारण नै हामी ओलम्पिक रद्द गर्ने पक्षमा छैनौँ ।’ यता सरकारका प्रवक्ता निकाइले जापानसँग ओलम्पिक गर्ने वा नगर्ने सम्बन्धमा विकल्प रहेको स्पष्ट पारेका छन् । टोकियो ओलम्पिक सञ्चालन भइरहेका वेलामा सहरमा एक किसिमको लकडाउन झनै व्यवस्था गर्ने योजनाअनुरूप काम भइरहेको उनले बताए ।

‘हामी सम्भवत ओलम्पिक सुरु भइरहँदा समर्थक तथा अन्य नागरिकलाई घरमै बस्न र खेल स्थलमा नजान पनि अनुरोध गछौँ,’ टोकियो ओलम्पिक आयोजना गर्न सक्ने आधार देखाउँदै निकाइले भने, ‘हामीले यसअघि नै दर्शकरहित ओलम्पिक हुने बताइसकेका छौँ ।’ उनले प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलाई प्रतियोगिताभरि नै सुरक्षित राख्न खोप कार्यक्रम सञ्चालन हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]