०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

विराटनगर – कोरोना भाइरसबाट संक्रमित बनेका एक व्यापारीको उपचारका क्रममा शनिबार बिहान विराटनगरमा मृत्यु भएको छ। सुनसरीको इनरुवाका व्यापारी ४८ वर्षीय पुरुषको बिहान ७ बजेतिर कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो।

केन्द्रका संयोजक एपोलो भगतकाअनुसार मृतकको ठेगाना भने विराटनगर महानगरपालिका–६ भनेर टिपाइएको छ। तर उनको स्थायी बसोबास इनरुवामै रहेको बताइएको छ। पारिवारिक स्रोतका अनुसार उनी इनरुवामा चस्माको व्यापार गर्थे।चस्मा व्यापारी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि वैशाख ३ गते अस्पताल भर्ना गरिएको थियो। श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएका मृतकमा रुघा, खोकी र ज्वरोको समस्या रहेको संयोजक भगतले बताए। उनकाअनुसार मधुमेह सम्बन्धी पुरानै समस्या पनि थियो।

केही दिनअघि इनरुवाको एउटा विद्यालयमा अध्ययनरत १५ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये दुई जना मृतक पुरुषकै छोराछोरी रहेको बताइएको छ। उनलाई आफ्नै सन्तानबाट कोरोना सरेको हुनसक्ने आशंका गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]