काठमाडौं – चालु आर्थिक वर्षको नौ महिनामा १ खर्ब ४८ अर्ब पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको चैत महिना सम्मको तथ्याङकले यस्तो देखाएको हो ।
विभागको तथ्यांकका अनुसार समिक्षा अवधिमा १ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै चालु आर्थिक वर्षको सोहि अवधिमा फलाम तथा स्टीलको आयात १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँबराबरको भएको छ ।
त्यस्तै यो अवधिमा ७३ अर्ब ८६ करोड रुपैयाँबराबरको सवारी साधन र त्यसको पार्टपुर्जा आयात भएको छ ।