नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । विहान साढे १० बजे बैठक बस्ने भनिएपनि केही ढिला गरी मात्रै सुरु भएको हो ।
महाधिवेशन आयोजक कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाउनुलाई माधव नेपाल समूहमाथि थप कारवाही हुन सक्ने बुझिएको छ । सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा सहयोग गर्न फ्लोर क्रस गर्ने सम्भावना बढेकाले कारवाहीको तयारी भएको नेताहरुले बताएका छन् ।