एजेन्सी – यूरोपेली मुलूक रोमानियास्थित एक कोभिड अस्पतालमा आगलागी भएको छ । कोरोना संक्रमितको उपचार गरिँदै आएको अस्पतालमा शनिबार आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।
आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन् । ती ७ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
उत्तर–पूर्वी सहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो ।
बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर पनि जलेर गम्भीर घाइते भएका छन् । उनलाई सेनाको विमानमार्फत राजधानी लगिएको छ ।
विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।