१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १९, २०७८

बुटवल – प्रतिपक्षी सांसदहरुको विरोधका कारण लुम्बिनी प्रदेशमा पुन:नियुक्ति मुख्यमन्त्री शंकर पोखरेलको शपथ बल प्रयोग गरेर गरिएको छ।

पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको भए पनि सांसदहरुको विरोधका कारण मुख्यमन्त्रीको कार्यालयमा गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयमा सांसदहरु मुख्यमन्त्रीलाई शपथ नगराउन माग गर्दै धर्ना बसेका थिए।

धर्ना बसेका सांसदहरु र प्रहरीबीच घम्साघम्सीसमेत भएको छ।प्रदेश प्रमुख कार्यालयबाट निस्केर मुख्यमन्त्री कार्यालय जानेसमयमा प्रहरी र सांसदहरुबीच घम्साघम्सी भएको हो।

प्रदेश प्रमुख धर्मनाथ यादव कार्यालय बाहिर निस्कने क्रममा सांसदहरुले चर्को नारावाजी गरेका थिए।प्रदेश प्रमुख कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।आज विहान राजीनामा दिएका पोखरेललाई आज नै प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री पोखरेले वहुमत गुमाएको भन्दै ४२ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र जनमोर्चाले कुलबहादुर केसीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]