दिल्ली – भारतमा सोमबार ३ लाख ६८ हजार १४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,४१७ जनाको मृत्यु भएको छ ।
भारतमा कूल संक्रमित संख्या १ करोड ९९ लाख पुगेको छ । जसमध्ये ३४.१३ लाख सक्रिय संक्रमित छन् । २ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।महाराष्ट्र, कर्नाटका, उत्तर प्रदेश, केरला, राजस्थान, गुजरात, छत्तिसगढ, आन्ध्र प्रदेश, तामिलनाडु र पश्चिम बंगालमा सर्वाधिक संक्रमित भेटिएका छन् ।
भारतको सर्वोच्च अदालतले आइतबार प्रभावित राज्यमा पूर्ण लकडाउन गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिइसकेको छ ।