सप्तरी – दिनप्रतिदिन जाडो बढ्दै गएको छ। सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो। आजको अपडेट पौने ९ बजेपछि मात्र आउँछ।
यस्तै मंगलबार काठमाडौं उपत्यकाको तापक्रम पनि ओरालो लागेको छ। महाशाखाका अनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको हो।
महाशाखाले बुधबार बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ : देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराईमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।