सप्तरी – फिलिपिन्स सरकारले चीनले दिएकाे काेराेना भाइसरसविरुद्धकाे खाेपहरु फिर्ता पठाउने भएकाे छ।
मेडिकल ट्रायलमै रहेकाे काेराेनाविरुद्धकाे खाेप परीक्षणकाे लागि देश भित्र्याइएकाे भन्दै जनताले आलाेचना गर्न थालेपछि सरकारले सबै फिर्ता पठाउन लागेकाे हाे।
चीनले केही समय अगाडि आफ्नाे देशमा निर्मित सिनोभ्याक खोप फिलिपिन्सलाई १ हजार डाेज सहयाेगरुवरुप दिएकाे थियाे।
तर, खाेप ट्रायलकै क्रममा रहेकाे कारण प्रयाेगकर्ताहरु जाेखिममा पर्नेभन्दै सरकारकाे आलाेचना हुन थालेपछि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले जनतासँग माफी मागका छन्।
‘म सबैसामू माफी माग्छु। मैले ठूलो गल्ती गरेको छु। अरुले याे खाेप नलगाउनु हाेला,’ उनले भने।