०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

मोरङ – कोरोना संक्रमित बिरामीलाई अस्पताल पुराउनका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यबहाक सभापति अरुण न्यौपानेले गाडी उपलब्ध गराएका छन्।

महानगरपालिकामा संक्रमितको संख्या बढ्दै गएको र अस्पताल लैजान सकस भएकाले आफूले प्रयोग गर्दै आएको को १ झ ४९४ नम्बरको टोयोटा फर्च्युनर सवारी संक्रमितलाई अस्पताल पुराउनका लागि एम्बुलेन्सका रुपमा उपलब्ध गराएको महानगर प्रमुख पराजुलीले जानकारी दिए।कार्यवहाक सभापति न्यौपानेले आफूले प्रयोग गर्दै आएको महिन्द्रा एक्सयुभी ५०० बा १५ च ६३२२ नम्बरको गाडी नगरवासीको सहजताका लागि उपलब्ध गराएको जानकारी दिए। शुक्रबार बेलुका मेयर पराजुली र कार्यवहाक सभापति न्यौपानले सवारी प्रदान गरेका हुन् ।दुवै सवारीको जिम्मेवारी महानगरपालिका नगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलले सम्हाल्ने मेयर पराजुलीले जानकारी दिए।

सवारीसाधनमा लाग्ने इन्धन महानगरपालिका र सवारी चालकको खर्च भने पराजुली र न्यौपानेद्धयले व्यहोर्ने बताइएको छ।महानगरपालिकाले यसअघि एउटा एम्बुलेन्स कोभिड १९ संक्रमितका लागि निः शुल्क परिचालन गरिरहेको छ। तर, संख्या दिनानुदिन बढ्दै गर्दा बिरामी र आफन्तलाई समस्या आउन नदिन दुवैले गाडी सेवाका लागि थप गरेको बताएका छन्।दुवै सवारीमा बिरामीका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था हुनेछ। न्यौपानेले गत वर्ष पहिलोपटक व्यक्तिगत प्रयासमा संक्रमित बिरामीको घरघरमा अक्सिजन उपलब्ध गराएका थिए।

विराटनगर महानगरपालिकामा शुक्रबार १ सय ७१ पुरुष र १ सय ९२ महिलागरि कुल ३ सय ६३ जनाका संक्रमण पुष्टि भएको छ।महानगरपालिकामा हालसम्म २ सहजा ५ सय ४७ जनामा संक्रमण पुष्टि भइसकेको महानगर कोभिड १९ संयोजक हैदर अलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]