०९ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

सगरमाथा क्षेत्रको भ्रमणमा गएका पर्यटकलाई फर्काउन सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले उडान अनुमति पाएको छ ।

आरोहण सिजन भएकाले हजारौँको संख्यामा रहेका आरोही तथा तिनका सहयोगीलाई फर्कनका लागि लुक्लामा उडानको अनुमति दिइएको हो ।आरोहणको उचित समयको पर्खाइमा आधारशिविरमा अहिले रहेका आरोही तथा सहयोगीहरूलाई असहज अवस्थामा उद्धार गर्न तथा आरोहणबाट फर्कनेहरूलाई काठमाडौं लैजानुपर्ने भएकाले अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।उडान अनुमतिले आरोहणपश्चात् फर्कन तथा फाटफुट रूपमा आएका पर्यटकलाई फर्कन सजिलो हुने आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । त्यस्तै, सेभेन समिट क्लबका प्रमुख ङिमागेलु शेर्पाले लुक्लालाई उडान अनुमति दिएकोमा राम्रो काम भएको बताए । नेपाल वायुसेवा कम्पनीले आपत्कालीन अवस्थामा काठमाडौंबाहेक बाहिरका लुक्लाको तेन्जिङ हिलारी, पोखरा, नेपालगन्ज र सुर्खेत नागरिक उड्डयन कार्यालय गरी थप चार विमानस्थल कार्यालयबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको हो ।

यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो । त्यस अवस्थामा वायुसेवा कम्पनीहरूले अब लुक्लास्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाटै उडान अनुमति लिएर पर्यटकको उद्धार गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com