काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ खोपलाई प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले सिनोफार्माले बनाएको चिनियाँ खोप भेरोसेललाई प्रयोगको अनुमति दिएको हो ।
डब्लुएचओले प्रयोगको अनुमति दिएको यो पश्चिमा देश बाहेको पहिलो खोप हो ।डब्लुएचओले यस अघि फाइजर, एस्ट्राजेनेका, मोडेरना र जोनसनको खोपलाई मात्र प्रयोगको अनुमति दिएको थियो डब्लुएचओले अहिले अनुमति दिएपछि चिनियाँ खोप विश्वका कैयौं देशहरुमा प्रयोग गरिसकिएको छ । डब्लुएचओले चिनियाँ खोप प्रयोगको लागि सुरक्षित र प्रभावकारी रहेको बताएको छ । १८ बर्ष भन्दा माथिको उमेर समुहलाई दुई डोज खोप दिनुपर्ने डब्लुएचओले अनुपति दिएको जनाएको छ ।
डब्लुएचओले रसियन खोप स्पुतनिक-भी र चिनिया खोप सिनोभ्याकलाई पनि अनुमति दिने अन्तिम तयारी गरेको बताइएको छ ।डब्लुएचओको अनुमति ढिला आएपनि अब डब्लुएचओको अनुमति पछि अब चिनिया खोप पनि कोभ्याक्स परियोजना जस्ता ग्लोबल खोप अभियानमा सहभागी गराउन सकिने बताइएको छ ।
चिनिया खोप अहिलेसम्मम ६५ मिलियन भन्दा बढी विश्वका कैयौ देशमा लगाइसकिएको बताइएको छ । बेजिंग बायोलोजिकल इन्स्टिच्युटले बनाएको यो खोप ७९ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।