१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २६, २०७८

गण्डकी प्रदेशमा थप ११ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, म्याग्दी, रुपन्देही र पर्वतका १maa १ जना छन् । प्रदेशमा हालसम्म २ सय ६२ जना संक्रमितको मृत्यु भैसकेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मृत्यु हुनेमा ३१ र ३५ वर्षीया महिला, ४२ र ४५ वर्षीय पुरुषसमेत छन् ।

पोखरा १२ की ३५ वर्षीया महिलाको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको छ । पर्वतको कुस्मा १३ का ४२ वर्षीय पुरुषको आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । पोखरा १७ का ५३ वर्षीय पुरुषको बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको गएराति सोही अस्पतालमा मृत्यु भयो ।

स्याङ्जाको वालिङ ३ का ४५ वर्षीय पुरुषको शनिबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । त्यस्तै पोखरा ९ की ३१ वर्षीया महिलाको गएराति मेडिप्लस अस्पतालमा मृत्यु भयो भने म्याग्दीको मालिका गाउँपालिका ५ का ५८ वर्षीय पुरुषको वैशाख २४ मा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो ।

स्याङ्जाको गल्याङ ३ की ६० वर्षीया महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा, पोखरा २ की ५८ वर्षीया महिलाको वैशाख २४ मा गण्डकी मेडिकल कलेजमा, पोखरा २७ का ५२ वर्षीय पुरुषको वैशाख २५ मा गण्डकी मेडिकल कलेजमा, पोखरा १९ का ५८ वर्षीय पुरुषको शनिबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]