१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

झापामा निजी अस्पतालहरुले धमाधम कोभिड–१९ का सङ्क्रमितहरुको उपचारका लागि आइसियूसहितका कक्षहरु छुट्याएका छन् ।

सङ्कटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका सङ्क्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ शय्याको व्यवस्था गरेका हुन् । विर्तामोडस्थित विएण्डसी अस्पतालले २०० शय्या, विर्तासिटी अस्पतालले २५ शय्या, मनमोहन सामुदायिक अस्पतालले १० शय्या र दमकस्थित लाइफलाइन अस्पतालले ३० शय्या गरी कूल २७५ शय्याको व्यवस्था गरेका छन् ।हाल विएण्डसी अस्पताल र विर्तासिटीले कोडिभ सङ्क्रमितका उपचार गरिरहेका छन् भने मनमोहन र लाइफलाइनले पनि तयारी शुरू गरेका छन् । जिल्लामा सङ्क्रमितको सबैभन्दा बढी उपचार गर्ने विएण्डसी अस्पताल रहेको छ । दमकको सबैभन्दा पुरानो निजी अस्पताल हो लाइफलाइन । अस्पतालको चौथो ब्लकमा आइतबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.सूर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवासहित कोभिडका बिरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।

अस्पतालका अध्यक्ष डा मुक्तिनाथ भट्टराईले शय्या क्षमताअनुसार कसैलाई विभेद् नगरी अस्पतालमा कोभिडका बिरामीहरुलाई भर्ना लिइने बताए । यो विषम परिस्थितिमा यस क्षेत्रका कोभिडका बिरामीहरुलाई सेवा दिएर ज्यान बचाउन सकिए हुन्थ्यो भन्ने लागेर उपचार केन्द्रको रुपमा नै कोभिड वार्ड शुरु गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]