काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने उनले माग राखेका छन् ।ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा आफू तटस्थ रहेको बताएका छन् ।प्रतिनिधि सभामा बोल्दै ठाकुरले आफूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने र उनको विपक्षमा पनि मत दिन नसक्ने दोहो¥एका हुन् । उनले पार्टी भित्रको अहिलेको अवस्थाले आफूहरुले तटस्थ रहने निर्णय गरेको उनले बताए । साथै ठाकुरले आफूहरुको अहिलेको अवस्थलाई अन्य दलले बुझ्ने विश्वास रहेको पनि बताए ।
ठाकुरले अहिले संविधान संशोधन समयको माग भएको बताएका छन् । यो संविधानमा भएका त्रुटिहरुले गर्दा नै रेशम चौधरी जेलमा रहेको र आफ्ना धेरै मेयरहरु तारिखमा रहेको तथा कार्यकर्ताहरु मुद्दा खेपिरहनु परेको उनले बताए ।आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले स्पष्ट पारेका छन् । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष-विपक्ष उभिने स्थिति नभएको तर्क गरेका छन् ।
उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने तर्क गरेका छन् । अहिले संविधानमा गम्भीर त्रुटीहरु भएको भन्दै उनले संविधान संशोधनको माग गरेका छन ।