सप्तरी – जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका ४७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालको एचडियुमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिका – ४ का ४७ वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या आए पछि वैशाख २७ गते अस्पताल भर्ना गएिको थियो ।
यता सप्तरीमा हाल सम्ममा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।