०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ३०, २०७८

सप्तरी: प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ।

नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे।

मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार अग्रसर रहेको र जनताको सेवाको लागि आफू पनि फिल्डमै रहेको बताए। दुई दिनअघि प्रदेश २ सरकारले ५० हजार भिटिएम र एन्टीजीन खरिद गर्ने निर्णण गरेको थियो।

प्रदेश सरकारले हटस्पट बनेको वीरगंजमा अक्सिजनलगायत अति आवश्यक औषधि व्यवस्थापन गर्नको लागि रु २० लाख उपलब्ध गराएको मुख्यमन्त्री राउतले बताए।

कार्यक्रममा वीरगंज महानगरका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, निमित्त मेसु डा. एनामुल हक, डा. निरज सिंहलगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]