१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ३१, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनी बिहीबार तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। तीन वर्षअघि नेकपा (माओवादी केन्द्र)को सहयोगमा झन्डै दुई तिहाइको प्रधानमन्त्री बनेका ओली यस पटक भने अल्पमतको प्रधानमन्त्री बनेका हुन्।

२७ वैशाखमा संसद्‌मा विश्वासको मत गुमाएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलको मिलीजुली सरकार गठनका लागि आह्वान गरेकी थिइन्। 

राष्ट्रपतिले दिएको तीन दिनको समयमा कुनै पनि सांसदले दाबी पेश नगरेपछि ओली अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्। अब उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]