०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

सप्तरी : बागमती प्रदेश ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट यस वर्ष उल्लेख्य राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा १० करोड राजस्व असुल गरेको कार्यालयले यस वर्षको यो अवधिसम्म २१ करोड रुपैयाँ राजस्व असुल उपर गरिसकेको छ ।

निषेधाज्ञाकै बीच ट्राफिक कार्यालयले उक्त राजस्व संकलन गरेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक शान्तिराम कोइरालाले बताए ।

‘हामीले यो वर्ष गत बर्षभन्दा डब्बल राजस्व संकलन गरेका छौं,’ उनले भने ‘ट्राफिक नियम उल्लघंन गर्ने २ हजार सवारी साधनबाट २१ लाख घुस दिएका थिए, त्यो लिएनौ र हामीले उनीहरूलाई कारवाही स्वरुप दण्ड जरिवाना गरायौं।४ लाख घुस त हामीले फिर्ता नै गर्यौ,’ उपरीक्षक कोइरालाले थपे ‘सेवामा समर्पित भएर गतल काम गर्नेलाई निरुत्साहित गर्ने गरिरहेका छौं ।’

प्रदेशमा गत वर्षको तुलनामा सवारी साधनको चाप बढेपनि दुघर्टनामा परि मृत्यु हुनेको संख्या कम भएको दावी कोइरालाको छ ।

कोइरालाले प्रमुखको कार्यभार सम्हालेपछि संस्थागत सुशासन र सुधारको कामलाई जोड दिएको बताए । ‘ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गर्ने काम तीव्र रुपमा भइरहेको छ’, उनको भनाइ छ ।

कोइराला प्रमुख भएर आएपछि वर्षोदेखि हुन नसकेको ट्राफिक प्रहरीको सरुवालगायतका काम पनि भएका छन् । ट्राफिक प्रहरीमा संस्थागत सुशासन कायम गर्दै राज्यको प्रणालीका बसेर काम गर्न तथा गराउन लागिपरेका प्रउ कोइरालाले सरकारले कोभिड–१९ को महामारीका कारण गरिएको निषेधाज्ञा पालना गराउने कुरामा कुनै कमि नआएको बताएका छन् ।

निषेधाज्ञाकै बीचमा पनि ट्राफिक प्रहरी कार्यालय बागमतीले सवारी साधनको चेकजाँज गर्नुका साथ हिँडडुल गर्न नदिनेदेखि अप्ठ्यारोमा परेका आम सर्वसाधारलाई उद्धार गर्ने काम समेत गरिरहेकोे छ ।

‘हामीले सवारी साधन चेकजाँच गर्नेदेखि खुल्ला रुपमा हिडडूल गर्ने मानिसलाई सचेत गराउनेदेखि आवश्यकीय सेवा दिइरहेका छौं,’ उनले भने ‘कतिपय अवस्थामा ट्रापिक प्रहरी आफैले पनि धेरै मानिसको उद्धार गरेको छ ।’

आफू मतहतका कर्मचारीले निषेधाज्ञाको यो अवस्थामा पनि राम्रो काम गरिरहेको उनले जानकारी दिए । ‘निषेधाज्ञामा पनि हामीले दिनरात नभनि काम गरिरहेका छौं,’ उनले भने ‘यसबीच हुनसक्ने अपराधिक क्रियाकलाप तथा सडक दुघर्टनालाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले कार्य सम्पादन गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]