शनिवार इटालीयन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले इन्टरलाई ३-२ गोलले पराजित गरेको हो । उक्त खेलमा युभेन्टसका लागि जुआन क्वाडराडोले २ गोल गरे भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । यस्तै इन्टरका लागि लुकाकुले एक गोल गरे । उक्त खेलको २३ औं मिनेटमा रोनाल्डोले गोल गरी युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि खेलको ३३ औं मिनेटमा इन्टरका लुकाकुले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।
त्यसपछि पहिलो हाफको अन्तिम तेस्रो मिनेटमा युभेन्टसका क्वाडराडोले गोल गरे । त्यसपछि खेलको ८३ औं मिनेटमा इन्टरले एक उपहार गोल पायो । युभेन्टसका खेलाडीले आफ्नै पोष्टमा गोल गरे ।
त्यसपछि खेलको ८८ औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । उक्त पेनाल्टीमा युभेन्टसका क्वाडराडोले गोल गरे । जितसँगै युभेन्टसले महत्त्वपूर्ण ३ अंक जोडेको छ । युभेन्टस ३७ खेलमा ७५ अंकसहित चौथो स्थानमा रहेको छ । यस्तै इन्टरको ३७ खेलमा ८८ अंक रहेको छ ।