१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

उदयपुर – उदयपुरमा कोरोना भाइरसबाट एक व्यापारीसहित चारजनाको मृत्यु भएको छ । शनिबार बेलुका र आइतबार बिहान ४०, ६३, ५६ र ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

योसँगै मृतकको संख्या उदयपुरमा ११ पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचारको क्रममा त्रियुगा नगरपालिका ३ घर भइ गाईघाट बजारमा व्यापार गर्दै आएका ४० वर्षीय व्यापारीको शनिबार बेलुका मृत्यु भएको हो । संक्रमण देखिएपछि उनलाई परिवारले पाँच दिनअघि झापाको विएनसी अस्पतालमा भर्ना गरेका थिए । त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका १० का ६३ बर्षिय पुरुषको उदयपुर कोभिड अस्पताल चौदण्डिगढी नगरपालिका ७ मा शनिबार बेलुका मृत्यु भएको छ ।

चौदण्डिगढी नपाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलका अनुसार कोरोना देखिएपछि उनलाई अस्पतालमा भर्ना गरी राखिएको थियो । शनिबार दिउँसोसम्म सामन्य अवस्थाम रहेका उनी संक्रमणबाट आत्तिएर हृदयघातबाट ज्यान गएको हुनसक्ने प्रजिअ सेर्डाइले बताए । उदयपुरमा कोभिड अस्पतालमा बिरामीमध्ये मृत्युको घटना यो पहिलो हो । त्यसैगरी ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना भएका चौदण्डिगढी नपा ५ का ५६ बर्षिय पुरुषको नोवेल अस्पतालमा आइतबार बिहान मृत्यु भएको छ । अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको थियो ।

त्यसैगरी विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा त्रियुगा नपा १२ का ५१ वर्षीय पुरुषको शनिबार बेलुका मृत्यु भएको छ । तीन दिनअघि दमको बिरामी भई उपचारका लागि विराटनगर पुर्‍याइएका उनलाई गोल्डेन अस्पताल विराटनगरले कोरोना पुष्टि गरेको थियो । कोरोना पुष्टिपछि अस्पतालले उपचार नगरेपछि उनलाई परिवारले ग्रिनक्रसमा पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]