१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

भारतको दक्षिणी भेगमा ‘ताकते’ चक्रवातका कारण चार जनाको मृत्यु भएको छ।

आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले जनाएका छन् भने चक्रवातको असर ७३ वटा गाउँमा परेको छसाथै कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षात समेत भएको छ।

यो चक्रवात भावनगर जिल्लाको पोर्बान्दर र महुभाबीचको गुजरात किनारा पार गर्ने भारतीय मौसम विभागले जनाएको छ। गुजरातमा अहिले ‘एल्लो अलर्ट’ जारी गरिएको छ। विभागका अनुसार पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको छ।चक्रवातले गोवाका किनारा क्षेत्रमा पनि असर पारेको छ। तीव्र गतिको हावाले त्यहाँ रूखहरू ढाल्दा बाटो अवरोध भएको देखिन्छ। ठूला रूख ढल्दा केही निजी सम्पत्तिमा पनि क्षति पुगेको देखिन्छ। केही रूख गाडीमा पनि ढलेको देखिन्छ।

त्यस्तै, गोवा मेडिकल कलेजमा विद्युत समेत अवरूद्ध भएको छ। कोभिड-१९ का बिरामीको उपचार भइरहेको उक्त मेडिकल कलेजमा अहिले ब्याकअप पावर सप्लाइबाट सञ्चालन भइरहेको इन्डिया टुडेले जनाएको छ।
बिरामीको उपचारमा भने अवरोध नपुगको जनाइएको छ।

चक्रवात आएपछि भारतका गृहमन्त्री अमित शाहले महाराष्ट्र र गुजरातका मुख्यमन्त्रीसँग कुराकानी गरेका छन्।प्रदेश सरकारले चक्रवातसँग जुध्न आवश्यक सामग्री जुटाएको/नजुटाएकोबारे बुझ्न गृहमन्त्री शाहले छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]