जोमसोम – हिमाली जिल्ला मुस्ताङमा कोरोना भाइरसको सक्रमणबाट शनिबार एक युवाको मृत्युु भएको छ।
मुस्ताङको वारागुङ मुत्तिक्षेत्र गापा १ रानिपौवाका ३३ वर्षीय युवाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वारागुङ मुत्तिक्षेत्र गापाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए।कोरोना सक्रमित युवाको मुस्ताङमा एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोराना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएका ती युवाको स्वास्थ्य गम्भीर भएपछी एकसाता अघि हेलि मार्फत पोखरा पुर्याइएको थियो।
योसगै मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको सख्या २ पुगेको छ।यसअघि कोरोनाका कारण मुस्ताङमा ७२ वर्षीय महिलाले ज्यान गुमाएकी थिइन्। हिमाली जिल्ला मुस्ताङमा संक्रमितको सख्या १ सय १३ पुगेको छ।जसमा १७ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ।मुस्ताङको घरपझोङमा ३५, वारागुङ मुत्तिक्षेत्रमा ३६ र थासाङमा ३५ सक्रिय सक्रमित रहेको जनाइएको छ।
मुस्ताङमा गम्भीर कोरोना सक्रमितको अवस्था बढ्न थालेको छ। उद्दारका लागि मुस्ताङमा हेलिकप्टरबाट दैनिक जसो कोरोनाका बिमारी रिफर हुने गरेको जनाइएको छ।