१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

सप्तरी : कोरोना संक्रमितको दर बढ्दै गएपछि दार्चुलामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। सुदुरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको दुई सय थान किट सकिटकाेकिन लागेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

प्रदेश सरकारले स्वास्थ्य कार्यालयको लागि उपलब्ध गराएको किट स्थानीय तहहरुलाई पनि वितरण गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्शन विरेन्द्र राज भट्टले जानकारी दिनु भएको छ।

हालकै अवस्था कायम रहिरहे किट दूई दिनमा सकिने उनको भनाइ छ।स्थानीय तहहरुलाई पनि प्रदेश सरकारले दिएको आवश्यक किट वितरण गरेको बताइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले प्रदेश सरकारसँग किट माग गरे पनि आउने वा नआउने कुनै निश्चित नभएको बताएको छ।

आइतबार सम्म जिल्ला स्वास्थ्य कार्यालय दार्चुला संग १ सय थान किट मात्रै मौज्दात रहेको जनाएको छ। प्रदेश सरकारले दार्चुलाका लागि भनेर यो भन्दा पहिले सिमानाकाहरुमा परीक्षण गर्ने ७ सय ५० थान किट पठाएको थियो उक्त पनि सकिएपछि एक हप्ता अगाडी सुदुरपश्चिम प्रदेश सरकारले दार्चुलाका लागि २ सय थान किट पठाएको भएपनि सकिन लागेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार महाकाली नगरपालिकामा ७०, शैल्यशिखरमा १००, मालिकार्जुन गाउँपालिकामा ९०, मार्मा गाउँपालिकामा ३३, अपिहिमाल गाउँपालिकामा ८०, लेकम गाउँपालिकामा ३०, नौगाड गाउँपालिकामा ४०, दुहुँ गाउँपालिकामा २५ र व्यास गाउँपालिकामा ५० थान किट पठाइएको छ।

एन्टिजेन किट अभाव हुँदा दुर्गममा बढी समस्या भएको छ। जिल्ला सदरमुकाम र जिल्ला अस्पतालमा पनि किट अपुग छ। किट अभावकै कारण परीक्षण विनानै बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

दुर्गमका लागि एन्टिजेन किट नै प्रभावकारी हो।तर यो किट अभाव भएपछि पीसीआर परीक्षण गर्नुपर्ने अवस्था छ। पीसीआर परीक्षणका लागि जिल्ला बाहिर स्वाब पठाउनुपर्ने र रिपोर्ट आउन पनि ढिला हुने भएकाले संक्रमण थप फैलिने जोखिम बढेको छ।

दुर्गमका लागि एन्टिजेन किट नै उपयुक्त भएकाले यसको व्यवस्थापन गरिदिन स्वास्थ्यकर्मीले माग गरेका छन्। तर स्थानीय सरकारले हालसम्म किट खरिद नगरेकाले थप समस्या भएको छ। दार्चुलामा दोस्रो लहरको कोरोना संक्रमणका सुरु भए यता संक्रिय संकमितको संख्या ३३३जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

४३ जना कोरोनामुक्त भएको छन्। संक्रमणबाट आइतबार सम्म ६ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]