०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

सप्तरी : नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा ‘एलटीई’ प्रविधि अन्तर्गत ‘भोल्ट (भ्वाइस ओभर लङ टर्म इभोलुसन) सेवा सञ्चालनमा ल्याउने भएको छ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा ‘भोल्ट’ सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो। यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले ‘भोल्ट’ सपोर्ट गर्ने आफ्नो मोबाइलबाट स्टार४४४ह्याच’ डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा ‘भोल्ट’ एक्टिभेट गर्नुपर्दछ। यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई ‘भोल्ट’ कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा ‘भोल्ट’को संकेत देखापर्दछ।

‘भोल्ट’को संकेत देखापरेपछि स्टार१११ह्याच’ डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट ‘भोल्ट’ भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ।

आफ्नो मोबाइल सेटले ‘भोल्ट’ सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न लिंक प्रयोग गर्न सकिन्छ। यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा लिंक मा इमेल पठाउन पनि सकिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]