१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

सप्तरी : इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ ।

इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेष्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । शनिबार राति दुबै देशका नेताहरुसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बाससँग एक्लाएक्लै फोन वार्ता गरेका छन् । इजरायली र प्यालेस्टिनीबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ ।

पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा एपी तथा अल जजिरालगायत विदेशी सञ्चारमाध्यमका कार्यालय रहेको टावरलाई पनि इजरायलले निशाना बनाएको छ ।

आक्रमणमा ती सञ्चारमाध्यमका कार्यालय रहेको भवन ध्वस्त भएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आइतबारका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]