कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा जारी गरिएको लकडाउन केही खुकुलो बनाइएको छ ।
इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो । अब मानिसहरु सीमित संख्यामा आफ्नो घरमा भेला हुन, प्रियजनसँग अंकमाल गर्न तथा पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने छन् ।प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु भने अपनाइरहन आह्वान गरेका छन् ।
बेलायतमा हाल दैनिक १९ सय हाराहारीमा नयाँ संक्रमित थपिँदै आएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ चार संक्रमितको मृत्यु भएको छ ।अहिलेसम्म बेलायतमा ४४ लाख ५० हजार ७७७ जना संक्रमित भएका छन् ।