१३ मंसिर २०८१, बिहिबार
wait Please...
स्वास्थ्य मंत्री : भारत मा जुलाई सम्म लगभग ५१.६ करोड कोविड १९ खोप खुराक उपलब्ध हुनेछन्

अगस्त-डिसेम्बर अवधिमा २ अरब भन्दा बढी खोप खुराकहरू उपलब्ध हुने संभावना रहेको छ।

KChhaKhabar

सोमबार, जेठ ०३, २०७८

एजेन्सी – कोविड १९ महामारीको बिरूद्ध देशमा चलिरहेको प्रयासलाई मजबुत पार्ने कदमको रुपमा भारतले जुलाईको अन्त्यसम्ममा ५१.६ करोड (५१६ मिलियन) खोप उपलब्ध गराउने भएको छ। जसमध्ये १८ करोड (१८० मिलियन) भन्दा बढी डोजहरू यसअघि नै सर्वसाधारणलाई लगाइसकेको छ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले शनिबार कोविड १९ को दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित राज्यहरूसँगको समीक्षा बैठकमा खोप खुराकको बढ्दो मागलाई पूरा गर्न उत्पादन निरन्तर विस्तार भइरहेको बारे पनि जानकारी दिए।उनले यस अवसरमा दोहोर्याउँदै भने कि अगस्त-डिसेम्बर को अवधिमा २१६ करोड (२ बिलियन भन्दा बढी) कोविड १९ खोपहरू देशमा उपलब्ध हुनेछन्।

केन्द्रीय स्वास्थ्यमन्त्रीले रूसी स्पुतनिक भि खोप आपतकालीन उपयोगको लागि पहिल्यै स्वीकृत भइसकेको पनि औंल्याए।”यसका साथै जाइडस क्याडिलाको नयाँ खोप, भारतको सीरम इंस्टीट्यूट ऑफ इंडिया -नोभाभ्याक्स खोप, भारत बायोटेकको नेसल खोप र जेनोवा एमआरएनए खोपको स्वीकृतीले पनि अगष्ट-डिसेम्बर अवधिमा कोभिड खोपको उपलब्धता २१६ करोड हुनेछ।”केन्द्रीय स्वास्थ्यमन्त्रीले शनिबार केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अश्विनीकुमार चौबेको उपस्थितिमा राज्यका स्वास्थ्य मन्त्रीहरू, उत्तर प्रदेश, मध्य प्रदेश, आन्ध्र प्रदेश र गुजरात राज्यका प्रमुख सचिवहरू र अतिरिक्त मुख्य सचिवहरूसँग कुराकानी गरेका थिए।

भर्खरको कोविड १९ तथ्यांक अनुसार यी राज्यहरूमा दैनिक संक्रमण दर, सकरात्मक संक्रमण मा वृद्धि, उच्च मृत्युदर र स्वास्थ्य सेवा क्षमताको सन्तृप्तिमा उच्च वृद्धि दर चित्रण गरिरहेका छन्।राज्य स्वास्थ्य मन्त्रीहरु खोपका कारण कोविड १९ को हल्का संक्रमण मात्र देखिएको जसका‌ कारण धेरै अनमोल जीवनको क्षति हुनबाट जोगिएको मा सहमत भए।

स्राेत : ईन्डिया न्युज नेट्वर्क

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]